शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘एमालेलाई मुलुकको पहिलो शक्ति बनाउनु छ, लक्ष्य प्राप्ती गर्न सबै एजजुट बनौँ’

दैनिक नेपाल २०७९ चैत ६ गते २०:५६

लमजुङ, ६ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानले एमालेलाई सुदृढ, बलियो र एकढिक्का बनाउने बताएका छन् ।

मिसन ग्रासरूट अभियानअन्तर्गत आज लमजुङको बेसीशहरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले पार्टीभित्र भएका समस्या समाधान गर्दै मुलुकको एक नम्बर शक्ति निर्माण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको बताएका छन् ।

उनले सबै नेता तथा कार्यकर्ताहरूले अभियानको लक्ष्य प्राप्तीका लागि लाग्नुपर्नेमा जोड दिर्दै एमाले बलियो हुँदा मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र अभियान पूरा हुने बताए ।

यसैगरी केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले विचारको नेतृत्व एमालेले गर्ने बताउँदै सामाजिक न्यायसहितको आर्थिक सम्वृद्धि एमालेले मात्रै गर्ने बताइन् ।

यस्तै, स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख खगराज अधिकारीले मिसन ग्रासरुट अभियान पार्टी पुनर्निमाणको महाअभियान भएको बताए । अभियानका बेलामा मात्रै पार्टी काम गर्ने बानीबाट समस्या सृजना भएकाले पार्टीलाई मिसन ग्रासरुट चाहिएको उनको भनाइ छ ।

भेलामा पार्टी पोलिटब्युरो सदस्य टुकराज सिग्देल र लमजुङ इञ्चार्ज मायानाथ अधिकारीलगायतले अभिमुखीकरण दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित