शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

संसदलाई प्रधानमन्त्रीको जवाफ : नेपाली कांग्रेससँगको लभ प्रधानमन्त्री पदका लागि होइन

दैनिक नेपाल २०७९ चैत ६ गते १७:५५

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि पुरानै गठबन्धनमा फर्किनुपरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिदै एमालेबाट शान्ति, संविधान र उपलब्धीको रक्षाको सम्भावना नदेखेपछि आफू पुरानै गठबन्धनमा फर्किनुपरेको प्रष्टीकरण दिएका हुन् ।

उनले आफूलाई पद नभएर संविधान, शान्ति, लोकतन्त्र गणतन्त्र नै प्यारो भएकाले दुई महिनामा नै गठबन्धन परिवर्तन गर्नुपरेको जिकिर गरे ।

कांग्रेससँगको लभ पदका लागि नभएर प्राप्त उपलब्धी रक्षाका लागि नै भएको उनको जिकिर छ । उनले एजेण्डकै कारण अहिलेको गठबन्धन टिक्ने र पटक–पटक विश्वासको मत लिने अवस्था नआउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित