शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, तीन महिनामा कति गुमाए विश्वास ?

दैनिक नेपाल २०७९ चैत ६ गते १७:३६

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट पुन: विश्वासको मत पाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा कुल उपस्थित संसद संख्या २६२ मध्ये उनको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ भने मत दिन्नँ भन्नेमा १ मत परेको छ । आजको बैठकमा १० जना सांसद अनुपस्थित थिए ।

यसअघि नेकपा एमालेको पहल र सक्रियतामा प्रधानमन्त्री बनेका प्रचण्डले संसदबाट करिब ९७ प्रतिशत विश्वासको मत पाएका थिए । तर, दुई महिना नबित्दै पुन: दोस्रोपटक मत लिँदा उनले करिब ६४ प्रतिशत मात्रै पाएका छन् ।

यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएका थिए ।

एमाले नेतृत्वको सात दलीय गठबन्धन छोडेर चुनावअघिकै गठबन्धनको पक्षमा उभिएपछि प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका हुन् भने यो अवधिमा उनले केही विश्वास गुमाएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित