३० आश्विन २०८३, शुक्रबार

प्रचण्डलाई लिङ्देनको व्यङ्ग्य : दुई महिनामा दुई पटक विश्वासको मत लिने उहाँ भाग्यमानी हो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले, प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा दुई पटक विश्वासको मत लिन पाउने भाग्यमानी भन्दै व्यङ्ग्य गरेका छन् ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि सो प्रस्तावबारे बोल्ने क्रममा उनले भने ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ दुर्ई महिनामा दुई पटक विश्वासको मत लिने मौका पाउनुभएको छ । वैशाख १५–२० तिर फेरि यस्तै दिन नआओेस् कामना गर्न चाहन्छु ।’

असहमति राखेर प्रचण्डले बाटो फेरेपछि ईमान्दारीता पूर्वक भन्दा त्यो रात पनि गाह्रो भएको बताएका लिङ्देनले प्रचण्डलाई अस्थिर ड्राइभरको संज्ञा दिएका छन् ।

‘गाउँघरमा कहिलेकाँही यस्तो ड्राइभर भेटिन्छ छिनछिनमा कहिले कस्को गाडी चलाइराखेको हुन्छ । मान्छेले यो टिकाउ छैन गाडी फेरिरहेको हुन्छ भन्छन् । कहिलेकाहीँ त्यस्तो धेरै गाडी फेरिराख्ने ड्राइभर धेरै ठाउँको अनुभवले नयाँ गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ ।’