शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रचण्ड शीप र लाइसेन्स नभएका ड्राइभर रहेछन्, त्यसैले साथ छाड्यौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

दैनिक नेपाल २०७९ चैत ६ गते १५:३८

काठमाडौं, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले धोका दिएपछि आफूहरूले साथ छाडेको बताएका छन् ।

आज सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतमाथिको छलफलमा लिङ्देनले मुलकलाई अघि बढाउन सहमतिका साथ आफूहरु एकसाथ रहेको र प्रधानमन्त्रीले सहमति तोडेपछि राप्रपाले साथ छाडेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीले बाटो नै फेरेपछि लाचार भएर सरकारमा बसिरहन अनुचित हुने ठान्दै इमान्दारिता साथ समर्थन फिर्ता लिएको जिकिर गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शीप र लाइसेन्स नभएको ड्राइभरको संज्ञा दिदै अब आफूहरु शीप पनि भएको र लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्ने बताए ।

प्रधानमन्त्रीलाई नयाँ यात्राका लागि शुभकामना दिदै उनले सरकारमा सहकार्य गर्न नसके पनि अन्य राष्ट्रियताका विषयमा सहकार्य गर्न सकिने उल्लेख गरे । अध्यक्ष लिङ्देनले सबैलाई सरकारमा लिएर जाने र सबैलाई भागबण्डा गर्ने परिकल्पना अहिलेको व्यवस्थाले नगरेको स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित