शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय मुद्दामा सत्ता र प्रतिपक्ष सबै एकैठाउँ उभिनुपर्छ : शेरबहादुर देउवा (भिडिओ)

दैनिक नेपाल २०७९ चैत ६ गते १५:१६

काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरोकारका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आज सोमबार बसेको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको छलफलका क्रममा देउवाले देशका कतिपय राष्ट्रिय सरोकारका विषयमा सबैले साझा धारणा निर्माण गर्न आवश्यक रहेको र विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् ।

महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा सत्ता पक्ष वा प्रतिपक्ष सबै राजनीतक दलहरुबीच सम्वाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न कांग्रेसको दृढ मत रहेको उनले बताए । मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक मात्र दलले प्रतिनिधि सभामा बहुमत ल्याउन सक्ने अवस्था प्राय: नहुने भएको हुँदा गठबन्धनको संस्कृतिलाई आत्मसात गर्नुपर्ने उनको भनाइ छ ।

देउवाले अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिवद्धताको आवश्यकता रहेको र शान्ति प्रक्रियाका बाँकी कामहरुलाई छिट्टै तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित