२ कार्तिक २०८३, सोमबार

यति छिटो विश्वासको मत लिनुपर्छ भनेर सोचेको थिइँन: प्रधानमन्त्री प्रचण्ड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट यति छिटै पुन: विश्वासको मत लिनुपर्छ भन्ने आफूले नसोचेको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

राजनीतिक स्थिरता दिने योजनाका साथ अगाडि बढेकोमा राष्ट्रपतिमा राष्ट्रिय एकता कायम गर्ने आफ्नो प्रयासपछि एमाले र राप्रपाले साथ छोडेर अस्थिरता निम्ताएको प्रचण्डको भनाइ थियो ।

सरकार गठनका क्रममा विगतका मतभेदलाई नउठाउने सहमति भएको तर नेकपा एमालेले त्यसलाई पालना नगरेको प्रचण्डको आरोप छ ।