२ कार्तिक २०८३, सोमबार

रासायनिक मलको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछाडि हट्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । सरकार रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट पछाडि हटेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।