शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘सामसुङ ग्यालेक्सी एम४’ मोबाइल जित्ने एक साताको मौका

दैनिक नेपाल २०७९ चैत ५ गते २२:५२

काठमाडौं, ५ चैत । ग्लोबल आईएमई बैंकले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर सामसुङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्न सक्नेछन् ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहनेछ । योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।

बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (ई–कमर्श)लाई प्रवर्द्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित