मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

हेटौंडा क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी

दैनिक नेपाल २०७९ चैत ५ गते २२:०४

मकवानपुर, ५ चैत । बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानलनै विजयी भएको छ ।

आज आइतबार अबेर सम्पन्न मतगणना अनुसार हेटौंडा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अभि मैनाली विजयी भएका हुन् ।

अनेरास्ववियुका मैनालीले २९० मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसनिकट नेविसंघका उम्मेदवार राजिव फुयाँलले १८५ मत प्राप्त गरे ।

यसैगरी सचिवमा अनेरास्ववियुका अञ्जान खड्का २७२ मतसहित विजयी बनेका छन् भने कोषाध्यक्षमा अविना थापा २७० मतसहित विजयी भएकी छिन् । सदस्यहरुमा अनेरास्ववियुका तिलकबहादुर पाख्रिन, गणेश तिमल्सिना, नवीन कुमार चौधरी, भरतमोहन देवकोटा र रञ्जिता फुयाँल विजयी भएका छन् ।

यहाँको स्ववियु निर्वाचनमा ८९७ मतदातामा ४७७ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित