शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्ववियु नर्वाचन : अनेरास्ववियु एक्लैले २२ वटा क्याम्पसमा सभापति जित्दा अरू संगठनको कति ? (सूचीसहित)

दैनिक नेपाल २०७९ चैत ५ गते २१:११

काठमाडौं, ५ चैत । आज सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तगर्गत हालसम्म ३८ वटा क्याम्पसको नतिजा प्राप्त भएको छ ।

प्राप्त नतिजामध्ये एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले २२ वटा क्याम्पसमा सभापति जितेको छ । जितेकामध्ये अधिकांशमा प्यानलै विजयी भएको छ ।

यस्तै माओवादीनिकट अखिल क्रान्तिकारीले ७ वटा, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेवि संघ) ले ४ वटा, नेकपा एसनिकट अनेरास्ववियूले ३ र विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा जित हासिल गरेका छन् ।

हेर्नुहोस् सूची–

अनेरास्ववियु (एमाले)

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का
२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा
३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी
४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का
५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने
६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने
७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक
८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी
९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल
१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा
११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर
१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी
१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु
१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव
१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली
१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी
१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी
२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी
२१. रुद्रावती बहुमुखी क्याम्पस, गुल्मी
२२. पुल्चोक इन्जिनियरिङ कलेज, काठमाडौ

अखिल क्रान्तिकारी (माओवादी)

१. रामपुर क्याम्पस कन्चनपुर, सरस्वती तिरुवा
२. चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी
३. जयबागेश्वरी क्याम्पस धादिङ, नवराज त्रिपाठी
४. प्रताप स्मृति क्याम्पस दोलखा, रुपेश अर्याल
५. मोहन्याल क्याम्पस कैलाली, अर्जुन खत्री
६. मच्छिन्द्र क्याम्प्स धादिङ, अनिल उप्रेती
७. सेटिगाउँ क्याम्पस वैतडी, मोहन वोहोरा

नेविसंघ (कांग्रेस)

१. जनता क्याम्पस रुपन्देही, लिलाधर घिमिरे
२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी
३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा
४. त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, काठमाडौ

अनेरास्ववियू (नेकपा एस)

१. वंशगोपाल क्याम्पस मकवानपुर, दिवस सिलवाल
२. मनहरी वहुमुखी क्याम्पस मकवानपुर, कुमार घिसिङ
३. तेज निरला क्याम्पस मुस्ताङ, अमिशा तिलिजा

अखिल क्रान्तिकारी (विप्लव)

१. जनता क्याम्पस मकवानपुर, मुना गोली

प्रतिक्रिया
सम्बन्धित