३० आश्विन २०८३, शुक्रबार

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सीके सिंह चयन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सीके सिंहलाई सर्वसम्मत चयन गरेको छ ।

हिजो शनिबार पुरानो बानेश्वरस्थित सिदार्थ फुडल्याण्डमा आयोजित संघको भेलाले डा. सिंहलाई अध्यक्ष चयन गरेको हो ।

अन्य कार्यसमिति केही दिनपछि अध्यक्ष सिंहको निर्णयअनुसार गठन गरिने जनमत पार्टीका अध्यक्ष डा. सीके रावतले जानकारी दिए । भेलामा अध्यक्ष रावले जनमत पार्टीका सबै स्वास्थ्यकर्मीहरू एकजुट भएर नेपालको स्वास्थ्य तथा समस्या समाधानका काम गर्नुपर्ने बताए ।

भेलामा कृषि मन्त्रालय प्रदेश नं २ का कृषिमन्त्री वसन्त कुशवाहा, प्रदेश नं २ कै कृषि राज्यमन्त्री सञ्जय यादव तथा सांसदहरू अनिता साह, सतीश कुमार सिंह, चन्दन सिंहलगायतको सहभागिता थियो ।