बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ

दैनिक नेपाल २०७९ चैत ५ गते १८:२१

काठमाडौं, ५ चैत। प्रहरीले नेपाली नक्कली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने ३२ वर्षीय फैसल अहमद र सोही स्थानका ४२ वर्षीय बिनोद यादव रहेका छन् ।

प्रहरी चौकी मर्यादपुर कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ हजार दरका १३ वटा नक्कली नोट बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कविलवस्तुले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित