२ कार्तिक २०८३, सोमबार

बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक गर्छौं: प्रधानमन्त्री प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए ।

‘‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यत: ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ,’’ प्रधानमन्त्री प्रचण्डले भने ।

केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने र यस क्षेत्रका समस्या पहिचान र समाधान गर्ने प्रधानमन्त्रीले बताए ।

बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।