३० आश्विन २०८३, शुक्रबार

जनचेतना बहुमुखी क्याम्पसमा अनेरास्ववियुलाई लखेटेर मतदान सुरू

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट, ५ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत कालिकोटको जनचेतना बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुलाई लखेटेर मतदान सुरू गरिएको छ ।

क्याम्पस प्रशासनले अनेरास्ववियुलाई लखेटेर मतदान सुरू गरेको हो ।

मतदानअघि घरमै बसेका एमालेका नेता र सम्बद्ध विद्यार्थी नेताहरूमाथि सांघातिक आक्रमण भएको र घटनामा पार्टीका केही नेता र अनेरास्ववियु कालिकोटका विद्यार्थी नेताहरू घाइते भएको एमालेका केन्द्रीय सदस्य नागिन्द्र शाही (नेशनल)ले जानकारी दिए ।

उनले घटनाप्रति घोर आपत्ति प्रकट गर्दै निन्दा गरेका छन् । मतदान निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनपर्नेमा उनले जोड दिएका छन् ।