शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘इन्टु मिन्टु लण्डनमा’ को प्रीमियर सम्पन्न

दैनिक नेपाल २०७९ चैत ५ गते १७:२२

काठमाडौं, ५ चैत । संगीतकार महेश ज्ञवालीद्वारा संगीतबद्ध बाल गीत ‘इन्टु मिन्टु लण्डनमा, मेरी आमा किचनमा’ को म्युजिक भिडियो शनिवार काठमाडौंमा आयोजित एक समारोहमा प्रीमियर गरिएको छ ।

चावहिलस्थित विनायक सिद्ध कलेजमा आयोजित एक सांगीतिक समारोहमा उक्त भिडियो प्रीमियर गरिएको हो ।

बाल गायिका जिया भुसाल तथा सबु केसीको स्वरमा तयार भएको उक्त गीतको भिडियोमा काजल जोशी, सुलेमान शंकर ‘इकु’, आयुष्मा पन्त आदि कलाकारको अभिनय छ ।

संजय हमालद्वारा संगीत संयोजन गरिएको उक्त भिडियोलाई सशान कँडेलले निर्देशन गरेका छन्, भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

संगीतकार ज्ञवालीले नै गीतका शब्दहरु रचना गरेका छन् ।

लोक गायक नन्दकृष्ण जोशीको प्रमुख आतिथ्यता सम्पन्न समारोहमा कलाकार शिवशंकर रिजाल जोगिन्दर पानवाला, संगीतकार अच्युतराम भण्डारी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

समारोहमा लोक गायक नन्दकृष्ण जोशीले विश्वको एकमात्र देश नेपालमा विभिन्न जाताजाति, धर्म, संस्कृति, भेषभुषाको विविधता भएता पनि नेपाली–नेपालीबीच आत्मियता अत्यन्त प्रगाढ रहेको छ बताए र यो प्रगाढ सम्वन्धलाई संगीतले अझ बढी निकटता प्रदान गरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित