
काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले बसै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग सक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले आफूले शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् ।
यसअघि आफूले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत आशा गरेपनि अहिले शतप्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।















प्रतिक्रिया