
काठमाडौं, ५ चैत । उपचार खर्चको अभावको कारण बिगत ६ वर्षदेखि साङ्लोमा बाधेर रााखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं-६ लालपत्ताका मानसिक बिरामी २१ वर्षीय राम बहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्दार गरेर उपचारका लागि हेटौँडा पठाएको हो ।

त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई र समाजसेवी भागवत राउतको नेतृत्वमा विरामीको उद्दार गरी उपचारार्थ हेटौडास्थित मानव सेवा आश्रम पठाएको हो ।
रामको मानसिक सन्तुलन गुमेपछि दिदी हस्तमाया बि.क को घरमा साङ्ग्लोले बाँधेर राखिएको थियो ।















प्रतिक्रिया