
काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा विश्वासको मत दिने काँग्रेसले ह्वीप जारी गरेको छ ।
आइतबार बिहान कार्यसम्पादन समितिको बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको काँग्रेसको लगत्तै बसेको संसदीय दलको बैठकले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गर्ने निर्णय गरेको हो ।
यस्तै, आजैदेखि संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।















प्रतिक्रिया