शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने काँग्रेसको निर्णय

दैनिक नेपाल २०७९ चैत ५ गते ११:४६

काठमाडौं, ५ चैत । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।

यसैगरी बैठकले सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ ।

विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय भएको नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित