३ कार्तिक २०८३, मंगलबार

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गरिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

३ चैतमा भएको उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए ।