शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना

दैनिक नेपाल २०७९ चैत ४ गते १६:१३

काठमाडौ,४ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा समान राख्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

महेन्द्रनगर बजार क्षेत्रका पैदलमार्गमा व्यवसायीले सामान राखेर ओगट्न थालेपछि नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको हो ।

बजार क्षेत्रका सडक पेटीमा सामान नराख्न पटकपटक आग्रह गरे पनि व्यवसायीले नमानेपछि नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिनुभयो ।

यो शहरलाई सुन्दर र व्यवस्थित बनाउने सबैको दायित्व रहेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित