३० आश्विन २०८३, शुक्रबार

प्रविधिमा डीन चिप्लिएपछि बाहिरिएको त्यो अश्लील भिडिओ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । जाने अति सजिलो, नजाने साना–साना कुराले गर्दा ठूला–ठूला घटना घटाइदिन्छ यो प्रविधिले ।

यस्तै भएको छ, चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डीन जयप्रकाश दत्तलाई । जसले वर्षौं लगाएर कमाएको इज्जत क्षणभरमा नाश गराईदियो ।

आफ्नै कार्यालयकी महिला कर्मचारीसँग अमर्यादित र अश्लील गतिविधिमा भुलेको भिडिओ बाहिरिएपछि अहिले उनी निलम्बनमा परेका छन् । उनलाई बरखास्तै गर्नुपर्ने माग पनि तीव्र बनिरहेको छ ।

आफैले आयोजना गरेको जुम मिटिङ चलिरहेका बेला भिडिओ बन्द नगरेका कारण उनको अश्लील भिडिओ बाहिरिएको हो । उमेरले पाका देखिने दत्त प्रविधिमा भने पाका देखिएनन् ।

शिक्षालयलाई पवित्र मन्दिरको रूपमा पुज्ने गरिन्छ । विद्यालय होस वा क्याम्पस विद्यार्थीहरू ज्ञान हासिल गर्न जाने गर्दछन् भने अभिभावक पनि आफ्ना सन्तानले राम्रो शिक्षा लिने र राम्रो भविष्य निर्धारण गर्ने विश्वास राखेर सन्तानको शिक्षाका लागि लगानी गरिरहेका हुन्छन् ।

तर, पछिल्लो पटक यही मन्दिर मानिदै आएको विद्यालय होस् या क्याम्पसका शिक्षकबाटै विद्यार्थीमाथि यौनजन्य हिंसा र दुर्व्यवहार भएका घटना बाहिर आउन थालेपछि शैक्षिक संस्थाहरू नै बदनाम बन्दै गएका छन् । त्यहाँभित्र हुने गरेका यस प्रकारका घटनाहरू आफैमा अनैतिक हुन् ।

हेर्नुहोस् रिपोर्ट-

यस पटक चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डीन जयप्रकाश दत्तले सङ्कायको जुम बैठक चलिरहँदा सोही कार्यालयकी महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भयो र बिडम्बना डीनको अश्लिल भिडिओ विद्यार्थी र धेरै प्राध्यापक र सहभागीहरूले जबरजस्त हेरिरहे ।

जुम बैठक डीन दत्त आफैले आयोजना गरेका थिए । डीनले नै व्यावसायिक सिकाइ अनुभव के कसरी गर्ने भनेर सिकाउने अभिमुखीकरण कार्यक्रम थियो । त्यहाँ दुई जना शिक्षकबाहेक सबै विद्यार्थी थिए । जुम मिटिङमा सहभागीहरूमध्ये डीन दत्तबाहेक अन्य ६५ जनाकै भिडिओ म्युट थियो । उनीहरूको भिडिओ देखिएको छैन । तर, डीनले आफ्नो चर्तिकला देखाइराखे, विधार्थीहरूले लज्जाबोध गर्दै असहज मानेर अश्लील भिडिओ जबरजस्त हेरिरहे ।

उक्त भिडिओमा जुम मिटिङकै समयमा आफ्नै कार्यकक्षामा डीन दत्तले महिला कर्मचारीलाई अङ्गालो हालेको र तिघ्रामा राखेर चुम्बन गरेको भिडिओमा देख्न सकिन्छ । विश्वविद्यालयका सहप्राध्यापक सन्तोष मरहठ्ठा जुम मिटिङमा बोलिरहेको समयमा दत्तले महिला कर्मचारीलाई अङ्गालो हालेकोे भिडिओमा देखिन्छ ।

क्याम्पस होस् वा विद्यालय त्यहाँ पठाउने शिक्षक शिक्षिकालाई विधार्थीले गुरु मान्दछन् र पूजा समेत गर्दछन् । यस्तो ठाउँमा क्याम्पसको डीनको अश्लील भिडिओ बाहिर आउनु पक्कै पनि सबैका लागि अशोभनीय र दुर्भाग्य हो । उनले महत्वपूर्ण विषयमा भइरहेको प्रस्तुतिलाई बेवास्ता गरेर अमर्यादित गतिविधिमा भुलेको भिडिओमा प्रष्ट देखिन्छ । जबकी विश्वविद्यालयकै कृषि सङ्काय हेर्ने डीन उच्च निकाय हो ।

हेर्नुहोस् पूरा भिडिओ–

आफ्नै कार्यकक्षमा पदीय मर्यादा भुलेर कार्यालयकै कर्मचारी महिलालाई यौनजन्य क्रियाकलाप गरेको भनी विश्वविद्यालयका महिला कर्मचारीहरूले विरोध गरेका छन् । उनीहरूले आफूहरूसमेत असुरक्षित भएको भन्दै डीन दत्तलाई तत्काल बर्खास्त गर्न अनुरोध गरेका छन् ।

उनी २०७७ साल कात्तिकमा दोस्रो कार्यकालका लागि डीन नियुक्त भएका थिए । तर, उनी पदीय मर्यादा बिर्सिएर रोमान्समा भुलेको पाइएपछि निलम्बनमा परेका छन् । यसरी पदीय जिम्मेवारीमा बसेका व्यक्तिहरूनै अनैतिक यौनजन्य गतिविधिमा लाग्दा शिक्षा क्षेत्रमाथि प्रश्न उठ्ने गरेको छ ।

राजनितिक आडमा नियुक्त गरिने गलत पात्रहरूका कारण शिक्षा क्षेत्रलाई बदनाम गराउनु कदापि हुँदैन । शिक्षा आर्जन गर्ने ठाउँ मन्दिर हो र मन्दिरनै रहनुपर्छ । यस्ता गलत प्रवृत्तिका व्यक्तिलाई उच्च तहको जिम्मेवारी दिइनु शोभनीय देखिदैन ।

महिला कर्मचारीहरूले पनि आफूमाथि गलत नजर लगाउने व्यक्तिहरूका बारेमा आवाज उठाउन जरुरी छ । स्वयम् आफ्नो स्वार्थका लागि मर्यादा बिर्सने महिला कर्मचारीलाई भने सजायको भागिदार गराइनु पर्दछ । केही गलत पात्रका कारणले गर्दा कुनै पनि सार्वजनिक ठाउँमा गलत नजिर बस्न दिइनु हुँदैन् ।