
काठमाडौं, २ चैत । जुम बैठकमै महिला कर्मचारीलाई दुर्व्यवहार गर्ने चितवनस्थित कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बित भएका छन् ।
जुम बैठक चलिरहेका बेलामा डिन दत्तले कार्यालयकी महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो ।
मंगलबार डिन दत्त आफैँले आयोजना गरेको जुम बैठकमा जुम भिडिओ अन नै राखेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेका थिए । सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।
यसैबीच भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई निलम्बनमा परेका छन् । बिहीबार बसेको बैठकले दत्तलाई निलम्बन गर्दै छानविन समितिसमेत गठन गरेको छ ।
















प्रतिक्रिया