बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

सुर्खेत उडेको बुद्ध एयरको विमान सिमराको आकाशबाट किन फर्काइयो काठमाडौं ?

दैनिक नेपाल २०७९ चैत ४ गते ११:०१

काठमाडौं, ४ चैत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएर आकस्मिक अवतरण गरिएको छ ।

फकाईएको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।

विमानको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट विमान फर्काइएको बुद्ध एयरले जनाएको छ ।

विमानको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित