शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रूसी आल्मुनियम कम्पनीको नाफा ४५ प्रतिशत कमी

दैनिक नेपाल २०७९ चैत ४ गते ७:०४

मस्को, ४ चैत । रूसी आल्मुनियम कम्पनी रूसलले सन् २०२२ मा आफ्नो खूद नाफा करिब ४५ प्रतिशतले घटेको जनाएको छ ।

रूसालको खूद नाफा एक अर्ब ८० करोड अमेरिकी डलर रहेको र अघिल्लो वर्षको तुलनामा ४४.४ प्रतिशतले घटेको समूहले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

रूसालले सन् २०२२ मा अभूतपूर्व दबाब र प्रतिबन्धहरूको सामना गर्नुपरेको, तत्काल नयाँ आपूर्तिकर्ताहरूको खोजी गर्नुपरेको र आपूर्ति शृङ्खलालाई पुनः व्यवस्थित गर्नुपरेको कारणले गर्दा उत्पादन लागतमा ३०.२ प्रतिशतले वृद्धि भएको समूहले जनाएको छ ।

रूसमा आल्युुमिना र आल्मुनियमको निर्यातमा अष्ट्रेलियाले लगाएको प्रतिबन्धका साथै ‘माइकोलाइभ आल्युमिना रिफाइनरी’मा आल्युमिनाको उत्पादन स्थगन गरिएका कारण यो विशेष गरी प्रभावित भएको बताइएको छ ।

कम्पनीले भनेको छ, “मुद्रास्फीति र भूराजनीतिक तनावले ऊर्जा र कच्चा मालको मूल्यमा अत्यधिक वृद्धिलाई बढाएको छ, जसले बलियो रूबल र जटिल रसदको साथ, आल्मुनियम उत्पादनको लागतमा ३१.८ प्रतिशत वृद्धि भएको छ ।”

रुसालले कच्चा पदार्थको आपूर्ति र आपूर्ति शृङ्खलाको पुनः सुरूवातपछि आल्मुनियमको बिक्री ‘लगभग अपरिवर्तित रहेको’ बताएको छ । आपूर्ति शृङ्खलाको पुनः सुरूवातपछि उत्पादनमा १.९ प्रतिशतले वृद्धि भएको छ ।

रुसालले सन् २०२३ को विस्तृत पूर्वानुमान गर्न नचाहेको बताएको छ । गत वर्ष मस्कोले युक्रेनमा सेना पठाएपछि रूसका संस्थापक ओलेग डेरिपास्काले युक्रेनलाई ध्वस्त पार्नु ‘ठूलो गल्ती’ हुने बताएका थिए । एएफपी

प्रतिक्रिया
सम्बन्धित