
काठमाडौं, ३ फागुन । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् ।
आचार्य स्वयंले गीतको भिडियोमा अभिनय गरेका छन्,उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् ।
गीतको भिडियोमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।
यो गीतको एरेन्ज श्यामश्वेत रसाईली र भिडियो कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् ।











प्रतिक्रिया