
काठमाडौं, ३ चैत । उपराष्ट्रपतिको लागि मतदान सकिएको छ ।
बिहान १० बजेदेखि सुरु भएको मतदान अपरान्ह तीन बजे सकिएको हो । उपराष्ट्रपतिका लागि ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ ।
मत परिणाम आजै सार्वजनिक हुनेछ । केही घण्टाभित्रै नतिजा सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।















प्रतिक्रिया