
काठमाडौं, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साँठगाँठे प्रवृत्ति देखिएको बताएका छन् ।
शुक्रबार उपराष्ट्रपतिमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रजातन्त्रिक सिस्टममा हारजित हुने तर अहिले प्रजातान्त्रिक सिस्टमभन्दा पनि साँठगाँठे सिस्टम देखिएको उनले बताएका हुन् ।
‘यो डेमोक्रेटीक सिस्टममा हारजित हुने कुरा हो तर यो डेमोक्रेटीक सिस्टम भन्दा पनि साँठगाँठे सिस्टम भयो,’ अध्यक्ष ओलीले भने ।
ओलीले जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेकामा असन्तुष्टिसमेत व्यक्त गरे । ‘कसले जित्यो कसले हार्यो कसको शक्ति कति भन्ने कुरै भएन । अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा तपाईँहरु के हिसाब गर्नुहुन्छ ?,’ ओलीले सञ्चारकर्मीलाई भने ।















प्रतिक्रिया