
काठमाडौं, ३ फागुन । उपराष्ट्रपतिको निर्वाचन जारी छ । बिहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह तीन बजेसम्म जारी रहने छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म पनि उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न सकेको छैन ।
बिहानको लागि बोलाइएको बैठक आचारसंहिताका कारण स्थगित भएपछि मतदान गर्ने विषयमा अन्योलता छाएको हो ।
आन्तरिक रूपमा छलफल भइरहेको रास्वपाका नेताहरुले जानकारी दिएका छन् ।















प्रतिक्रिया