शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा कारोबार भइरहेको छ ?

दैनिक नेपाल २०७९ चैत ३ गते १०:५५

काठमाडौं, ३ फागुन । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा दुई सयले बढ्दै नयाँ रकेर्ड कायम गरेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख सात हजार एकसय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाले बढेको छ । चाँदी प्रतितोला एक हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित