शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारको घोषणा

दैनिक नेपाल २०७९ चैत ३ गते १०:२७

काठमाडौं, ३ चैत । विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

No description available.

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सरकारी निवास बालुवाटार बोलाएर बधाई दिँदै राष्ट्रिय टोलीका खेलाडीलाई जनही ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।

No description available.

प्रधानमन्त्री प्रचण्डले भनेका छन्ः

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु।

बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित