मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

नेपाली क्रिकेट विश्वकप छनोटमा पुगेपछि… (फोटो फिचर)

दैनिक नेपाल २०७९ चैत २ गते १८:०८

काठमाडौं, २ चैत । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनौटमा पुगेको छ ।

बिहीबार भएको खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा युएईलाई ९ रनले हराउँदै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो । जितसंगै नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा घोषणा गरिएको थियो ।

खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । दीपेन्द्र १० रनमा अविजित रहे । भीम सार्की ६७ रनमा आउट भए । कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए ।

यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले । नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए ।

प्रतिक्रिया
सम्बन्धित