काठमाडौं, २ चैन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा युएईलाई डकवर्थ लेविस स्टर्न (डीएलएस) पद्धतिको आधारमा नौ रनले हराउँदै सोझै विश्वकप छनोटमा पुगेको छ ।
योसँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाएको छ ।
जितका लागि ३११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाउँदा खेल रोकिएको थियो ।
ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो ।
नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । दीपेन्द्र १० रनमा अविजित रहे । गुलशनले ४२औं ओभरमा तीन चौका र एक छक्का हान्दै कुल २० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो ।
यो पनि पढ्नुहोस्
- आकाशबाट यस्तो देखियो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)
- नेपाली क्रिकेट विश्वकप छनोटमा पुगेपछि… (फोटो फिचर)
- विश्वकप छनोटमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई केपी ओलीको बधाई (भिडिओ)
- विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई (भिडिओ)
- विश्वकप छनोटको यात्रा तय गर्न सफल नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने
प्रतिक्रिया
सम्बन्धित
सिफारिस