
काठमाडौं, २ चैत । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालत रेग्मीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी ७५ हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । गायक प्रमोद खरेल लगायतका कलाकारको उजुरीमा रेग्मी पक्राउ परेका थिए ।
रेग्मी फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । गायक प्रमोद खरेल लगायतका कलाकारहरुले सामाजिक सञ्जालमार्फत रेग्मीले आफूहरुको चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि रेग्मी पक्राउ परेका हुन् ।
रेग्मीले विशेषगरी गायक प्रमोदलाई सामाजिक सञ्जालमा तथानाम गाली गरेका थिए । सामाजिक सञ्जालमा रेग्मीले प्रमोदलाई बौलाहा कुकुर भन्दै गालीसमेत गरेका थिए ।















प्रतिक्रिया