२ कार्तिक २०८३, सोमबार

बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेलले आठ गते विश्वासको मत लिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले चैत आठ गते विश्वासको मत लिने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुन: विश्वासको मत लिन लागेका हुन् ।

जमरकट्टेल नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर, राप्रपाले फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।