२ कार्तिक २०८३, सोमबार

१० दलीय गठबन्धनको बैठकमा जुटेन सहमति

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । बालुवाटारमा बुधबार साँझ बसेको १० दलीय गठबन्धनको बैठक सहमति जुट्न नसकि सकिएको छ ।

उपराष्ट्रपतिका विषयमा गठबन्धनभित्र सहमति जुट्न नसकेको हो ।

उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे सकारात्मक छलफल भएपनि सहमति जुट्न नसकेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । बैठक भोलि पुन बस्ने सहमति भएको छ ।