२ कार्तिक २०८३, सोमबार

नेकपा र नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता घोषणा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । विप्‍लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ ।

बुधबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी दुई पार्टीले एकताको घोषणा गरेका हुन् । नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नका र जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माणका लागि एकतावद्ध भएर अघि बढ्ने सहमति गरेको दुई पार्टीले जनाएको छ ।

त्यस्तै दुई पार्टीले क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले संसदको गोलचक्कर र संसदमा हराउने कम्युनिष्ट आन्दोलनले नेपाली जनताको हित र मुलुकको स्वाधिनताको रक्षा गर्न नसक्ने बताए । विप्लवले जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गर्न खोज्दैमा कम्युनिष्ट नडराउने जिकिर गरे ।

त्यस्तै नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाले नेपालको राजनीतिक संकटलाई समाधान गर्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरु एक हुनुपर्ने बताए । उनले अब माओवादी क्रान्तिकारी शक्तिहरु एकै ठाउँ आउनुपर्ने बताए ।