१ कार्तिक २०८३, आइतबार

यूट्यूबर सांसद संसदबाट निष्कासित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । यूट्यूबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्‌मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ।

संसदबाट निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्। योशिकाजु हिगाशितानीलाई संसदमा नआएको भन्दै मङ्गलवार निष्कासन गरिएको हो ।

सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्। लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो।

मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए। उनी यूट्यूबमा गासीको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू बनाउँछन्।

सन् १९५० यता दुई पटक मात्रै यस्तो भएको छ र लगातार अनुपस्थित भएका कारण सांसद निष्कासन भएको यो पहिलो पटक हो। संसद्‌ले यसै साताको अन्त्यमा निष्कासन सम्बन्धी निर्णयलाई औपचारिकता दिनेछ।