२ कार्तिक २०८३, सोमबार

जथाभावी सडक पार गर्ने यात्रुलाई सडकमै सचेतना कक्षा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । ‘जेब्रक्रसिङ’ तथा आकाशे पुल प्रयोग नगरी सडक पार गर्ने पैदलयात्रीका लागि ट्राफिक प्रहरीले सडकमै सचेतना कक्षा सञ्चालन गरेको छ ।

पहिलो दिनमै ट्राफिक प्रहरीले ६ सय ३७ पैदलयात्रीलाई सचेतना कक्षामा सहभागी गराई सकेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी सडक पार गर्ने यात्रु र साईकल चालकलाई ट्राफिक नियम सम्बन्धी जनचेतना दिने उदेश्यले पैदलयात्री सचेतना अभियानको सुरुवात गरिएको हो ।

जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम उच्च हुने भएको हुँदा पनि यो अभियानलाई प्राथमिकतामा राखिएका कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

अभियान न्यूरोड, बालकुमारी, जडीबुटी, सातदोबाटो, जावलाखेल, सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलमा चलाइएको थियो ।