
काठमाडौं, १ चैत । पोखरामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना रहेका छन् ।
उनीहरुलाई आक्रमण गर्ने चितुवा भने मृत फेला परेको छ । आक्रमणपछि चितुवालाई नियन्त्रणमा लिन खोजी गर्दा मृत फेला परेको हो ।
घाइतेहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया