
काठमाडौं, १ चैत । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य यथावत रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि यथावत रहेको छ । चाँदी प्रतितोला १ हजार ३०० रूपैयाँमै कारोबार भइरहेको छ ।















प्रतिक्रिया