
काठमाडौं, १ चैत । अदालतले अमेरिकी नागरिक ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित ६ जना पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
ठगी काण्डमा शाहका दाजु भाइसहित पक्राउ परेका सातमध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले जनाएको छ ।
सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले भने ‘पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा अदालतले छाडेको र अन्य ६ जनलाई कारागार चलान गर्ने आदेश भएको छ ।’
उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान गरेको सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालतमा अभियोग दर्ता गरेको थियो ।
उनीहरुले ट्राभल, म्यानपावरलगायतका विभिन्न २४ कम्पनी खडा गरी नक्कली कागजात बनाएर विदेशी नागरिकबाट ६४ करोड भन्दा बढी ठगी गरेको आरोप छ ।
उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडितका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्याएर ठगी गरेको अनुसन्धानमा देखिएको छ ।















प्रतिक्रिया