३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरुटमा राष्ट्रिय राजनीतिका कुरा : विदेशीको इसारामा प्रचण्डले गठबन्धन भत्काए

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेकपा एमालेले देशभरका पालिकाहरूलाई केन्द्रित गरेर सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान तीव्रताका साथ अघि बढिरहेको छ ।

अभियानअन्तर्गत भएका विभिन्न कार्यक्रमहरूमा आतिथ्यता गर्ने केन्द्रीयस्तरका नेताहरूले राष्ट्रिय राजनीतिमा भइरहेका घटनाक्रम र कारणहरूबारे पनि ‘ग्रासरुट’मा जानकारी दिने गरेका छन् ।

उनीहरूले मंसिर ४ को निर्वाचनबाट पार्टीले प्राप्त गरेको परिणाम, त्यसपछि एमालेको पहलमा बनेको गठबन्धन सरकार र गठबन्धन टुट्नुको कारण तथा आगामी दिनको परिदृश्यबारे समेत नागरिकहरूलाई मसिनो ढंगबाट जानकारी गराइरहेका छन् ।

सुर्खेत

नेकपा एमालेले सञ्चालन गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुट अन्तर्गत आज पनि देशभर विविध कार्यक्रम भएका छन् ।

सुर्खेतको कार्यक्रममा सहभागी हुनुभएका नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेसँग गठबन्धन तोडेर माओवादीले घातक बाटो रोजेको बताउनुभयो । मिसन ग्रासरूट अभियानअन्तर्गत सुर्खेतको मेहलकुनामा प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले देशी विदेशी शक्तिको प्रभावमा परेर प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन तोडे पनि आगामी बाटो सहज नभएको दाबी गर्नुभयो ।

सचिव भट्टराईले गठबन्धन टुटाउन अँध्यारो कोठाभित्र जे जति षडयन्त्र भए त्यसको पर्दा खुल्दै जाने बताउनुभयो । अहिलेको गठबन्धनले मुलुक र जनताको पक्षमा कुनै काम नगर्ने उहाँको धारणा छ ।

कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मी, पूर्वसांसद धुव्रकुमार शाही लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याउने २० जना अग्रज नेताहरूलाई सम्मान समेत गरिएको छ ।

रामेछाप

मिसन ग्रासरूट अभियानअन्तर्गत रामेछापको गोकुलगंगा गाउँपालिकामा पार्टी पोलिट्ब्यूरो सदस्य अरूण नेपालको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एमाले गोकुलगंगा गाउँकमिटीका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा पोलिट्ब्यूरो सदस्य नेपालले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, वागमती प्रदेश सदस्य शान्तिप्रसाद पौडेल, जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ, प्रदेश सदस्य दीपशिखा दाहाल, पार्टी सचिव पुरुषोत्तम कडरिया लगायतका नेताहरूले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । पालिकास्तरको कार्यक्रम सकेपछि वडा र बस्तीस्तरसम्म अभियान सञ्चालन हुने भएको छ ।

चितवन

मिसन ग्रासरूट अभियानअन्तर्गत चितवनको माडी नगरपालिका वडा नम्बर ६ र ७ मा पार्टी पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य अञ्जन तिमिल्सेना, राजाराम रेग्मी, दिव्य शर्मा, कृष्णलाल चौधरी, जिल्ला कमिटी उपसचिव प्रकाश ढुङ्गानाको उपस्थिति थियो ।

यस्तै, माडी नगरपालिकाकै वडा नम्बर ८ मा पनि मिसन ग्रासरुटअन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रममा पार्टी र समाजको विकासमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

लमजुङ

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेला लमजुङको बेसीशहरमा सम्पन्न भएको छ ।

पार्टी पोलिटब्यूरो सदस्य टुकराज सिग्देलको प्रमुख आतिथ्यता र एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य एवम् लमजुङ ईन्चार्ज मायानाथ अधिकारी, केन्द्रीय सदस्य एवम् लमजुङ सह–इञ्चार्ज जमीन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी लगायतले जनप्रतिनिधिले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरी पार्टी निर्माणमा लाग्नु पर्ने बताउनुभयो ।

भेलाले पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, उत्कृष्ट कार्यसम्पादन, पार्टीको काम र विकास निर्माणमा एक आपसमा सहयोग र साथ रहनु पर्ने निष्कर्ष निकालेको छ । भेलामा एमाले केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी तथा लमजुङबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको सहभागिता थियो ।

नुवाकोट

मिसन ग्रासरूट अभियानअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९ को वडा कमिटीको बैठक पार्टी पोलिट्ब्यूरो सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

बैठकमा कमिटी सदस्यहरूले पार्टीका लागि निर्वाह गर्नुपर्ने भूमिका, कमिटी परिचालनका लागि प्रोत्साहन, कार्यकर्ता संरक्षण, सदस्यता नवीकरण र विस्तार, विकास निर्माणका काम साथै अन्य जनसरोकारका बिषयमा पार्टीले गर्नुपर्ने काम लगायतका विषयमा छलफल भएको थियो ।

धादिङ

मिसन ग्रासरुट अभियानअन्तर्गत धादिङ जिल्लाका विभिन्न वडाहरूमा विस्तारित बैठकहरू संचालन भइरहका छन् । मंगलबार धादिङका विभिन्न वडामा विस्तारित बैठकहरू भएका छन् ।

यसैबीच, गंगाजमुना गाउँपालिका वडा नम्बर ४ सातदोबाटोमा वडास्तरीय विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामिछानेले जानकारी दिनुभयो ।

विस्तारित बैठक तथा भेलालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य ध्रुब विक, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष धनबहादुर घले, सचिव अर्जुन श्रेष्ठ, गंगाजमुना गाउँकमिटीका अध्यक्ष भक्तबहादुर लामिछानेले सम्बोधन गर्दै पार्टी निर्माणको वृहत अभियानमा सहभागी हुन पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

प्रमुख अतिथि श्रेष्ठले नेकपा एमाले सरकारले गरेका विकासका कार्यक्रमहरूले एमालेको पार्टीबारे बुझ्न सजिलो हुने बताउँदै युवालाई रोजगार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, सबै वडामा स्वास्थ्यचौकी, सबै पालिकामा अस्पतालको अवधारणामा विकासका काम एमालेले गरेको बताउनुभयो । बैठकले टोलकमिटी गठन गर्ने, वडास्तरमा किसान, विद्यार्थी, युवा लगायतको जनसंगठन निर्माण गर्ने, पार्टी सदस्यता नविकरण तथा नयाँ वितरणको कार्ययोजना बनाएको छ ।

यसैबीच, नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा पनि कमिटी बैठक तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य कैलाश ढुंगेलले एमालेले मात्र विकास र समृद्धिको सपना पूरा गर्ने भएकोले एमालेमा जनतालाई गोलबद्व गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । बैठकलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य नरेश खतिवडा, जिल्ला कमिटी उपसचिव राधिका सापकोटा लगायतले सम्बोधन गर्नुभएको थियो ।

यसैगरी, मिसन ग्रासरूट अभियानअन्तर्गत धुनीबेसी नगरपालिका वडा नम्बर ८ को वडा कमिटी बैठक खानीखोलामा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य बाबुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकलाई बागमती प्रदेश कमिटी सदस्य डा. रामकुमार अधिकारी, जिल्ला कमिटी सदस्य गोबिन्द कँडेल, सुरेश आचार्य, मन्दिरा श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो । बैठकले वडाको जनसंगठन निर्माण तथा पुनर्गठन, टोल कमिटी गठन, सदस्यता विस्तार, पार्टी छाडेकालाई पार्टीमा फर्काउने र नयाँ सदस्य बनाउनेबारे रणनीतिक योजना बनाएको छ ।

कास्की

मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को वडा कमिटी बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य कल्पना चापागाईको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा कुइबाङमा बैठक सम्पन्न भएको हो ।

बैठकलाई एमाले प्रदेश कमिटी उप–सचिव रश्मि आचार्य लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । बैठकले १४ वटा टोल कमिटी र जनसंगठनका वडा कमिटी परिचालनको योजना बनाएको छ । बैठकमा गण्डकी प्रदेश कमिटी सदस्य सुनिल गौतम, मिमबहादुर विक, जयलाल दवाडी, माछापुच्छ्रे पालिका कमिटी अध्यक्ष बिक्रम गुरुङ, उपाध्यक्ष केशव पोखरेल लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

नवलपुर

मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद भुपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष मधुविलास अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो ।

बैठकले अभियानलाई टोल–टोलसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने, पार्टी सदस्यता नवीकरण तथा प्रदान गर्नेगरी पालिका कमिटीका सदस्यहरूलाई वडागत रूपमा जिम्मेवारी समेत तोकेको जिल्ला सचिव एवम् मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो ।

यो सँगै मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरका आठ वटै पालिकाको विस्तारित बैठक सम्पन्न भएका छन् । जिल्लाका कावासोती, देवचुली, गैडाकोट र मध्यविन्दु नगरपालिका तथा बौदीकाली, हुप्सेकोट, विनयी त्रिवेणी र बुलिङटार गाँउपालिका कमिटीका विस्तारित बैठक सम्पन्न भएका हुन् ।

यसैबीच नवलपुरमा वडागत रूपमा समेत अभियान सञ्चालन भइरहेका छन् । हालसम्म जिल्लाका एक दर्जन वडाहरूमा अभियान सञ्चालन भइसकेका छन् । नवलपुरमा केन्द्रीय प्रतिनिधिका रूपमा पार्टी केन्द्रीय सदस्य जमीन्द्रमान घले, भुपेन्द्र बहादुर थापा र भीम कार्की खटिनुभएको छ ।

तेह्रथुम

नेकपा एमालेको मिसन ग्रासरूट अभियानले तेह्रथुममा तीव्र रूपमा अगाडि बढिरहेको छ । यसैक्रममा तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ५ को एमाले वडा कमिटीको विस्तारित बैठक ओख्रेमा सम्पन्न भएको छ । नेता लक्ष्मण तिवारीको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्नुका साथै कार्ययोजना निर्माण गरेको हो ।

बैठकमा जिल्ला कमिटी सदस्य वीरबहादुर लिम्बुलगायत नेताहरू र कार्यकर्ता तथा शुभेच्छुकहरू गरी २०५ जना सहभागी हुनुहुन्थ्यो । बैठकले चैत ११ गते भगवती माध्यामिक विद्यालय परिसरमा श्रम शिविर सञ्चालन तथा सरसफाई कार्यक्रम आयोजना गर्ने लगायतका कार्ययोजना निर्माण गरेको छ ।

यस्तै, चैत १९ गते बिहीबारे हटियामा अभिमुखिकरण तथा संगठित सदस्यता नवीकरण शिविर सञ्चालन गर्ने कार्ययोजना निर्माण गरेको छ । बैठकले विभिन्न टोली गठन गरी टोलीलाई जिम्मेवारी तोकिएको छ । टोलीले टोल कमिटीको बैठक, गठन तथा पुनर्गठन, तथ्यांक सकलन, टोल कमिटीको कृयाशिलता र समग्रमा आधारभुत तहमा पार्टीको अबस्थाकाबारेमा यथार्थ जानकारी लिने लगायतका जिम्मेवारी तोकिएको छ ।

गोरखा

मिसन ग्रासरुट अभियानले गोरखाको पालुङटार नगरपालिकामा पनि तीव्रता पाएको छ । अभियान अन्तर्गत वडा बैठक धमाधम भइरहेका छन् ।

यसैक्रममा पालुङटार नगरपालिका वडा नम्बर ९ मा भएको बृहत कार्यकर्ता भेलामा ३२ जना विभिन्न पार्टीका कार्यकर्ताहरू एमाले प्रवेश गर्नुभएको छ । उहाँहरूलाई एमाले केन्द्रीय सदस्य टुकाभद्र हमालले पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेशीहरूलाई पार्टीले उचित जिम्मेवारी दिने उहाँले बताउनुभयो । यसैगरी, गोरखाको शिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकामा पनि मिसन ग्रासरुट अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

सल्यान

मिसन ग्रासरुट अभियान अन्तर्गत छत्रेश्वरी गाउँ पालिका वडा नं ७, मा वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय प्रतिनिधि बदमी बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले वडा कमिटी पुर्नगठन, अखिल नेपाल महिला संघ, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ ।

जुम्ला

मिसन ग्रासरूट अभियान अन्तर्गत आज जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ६ मा कालीबहादुर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा काली बहादुर बुढा, सचिवमा नरबहादुर बुढा, उपसचिवमा तारा विष्ट, उपसचिवमा सुन्तला बुढा हुनुहुन्छ । नयाँ निर्वाचित कमिटीलाई एमाले केन्द्रीय सदस्य नगिन्द्र शाही (नेशनल) र प्रदेश कमिटी सदस्य नन्द रोकाया र हंस बुढा लगायतले मागनिर्देश गर्नुभएको थियो ।