
काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक संस्थाले नै मानवअधिकार आयोगलाई घेराबन्दीमा पार्ने र तर्साउने काम गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले खुकुरी र बन्दुकको आडमा मानव अधिकार आयोगलाई घेराबन्दी गर्ने र तर्साउने काम भएको बताएका हुन् ।
उनले अहिलेको अवस्थामा मानवअधिकारप्रति समर्पित, इमान्दार एलाइन्स हुनुपर्नेमा जोड दिदै अहिले पनि मानवअधिकारविरोधी काम भइरहेको चर्चा गरे । मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोगले गम्भीरताका साथ लाग्नुपर्ने ओलीको भनाइ छ ।
उनले अनेक ठाउँमा मृत्युदण्ड जस्तो सजाय रहेको नेपालमा पनि त्यसको बहस हुने भन्दै ओलीले नेपालमा मृत्युदण्डको व्यवस्था गर्न नहुने धारणा व्यक्त गरे ।
ओलीले राष्ट्रको स्वाधिनतालाई जनविरोधी, पक्षपाती, बिभेदकारी गर्ने कामका विषयमा निर्णय गर्ने अधिकार राज्यलाई भएकाले संयुक्त राष्ट्रसंघको विभेदलाई स्वीकार गर्न नसक्ने विचार व्यक्त गरेका छन् ।















प्रतिक्रिया