२ कार्तिक २०८३, सोमबार

सिपी मैनालीले हजुरबुबालाई भाला रोपेर मारेको दुर्गा प्रसाईंको आरोप

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । व्यवसायी दुर्गा प्रसाईले सिपी मैनालीले आफ्नो हजुरबुबालाई भाला रोपेर मारेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले सिपी मैनालीले आफ्नो हजुरबुबालार्ई सामन्ती भनेर भाला रोपेर हत्या गरेको आरोप लगाएका हुन् ।

‘सिपी मैनालीले मेरो हजुरबुबालाई भाला रोपेर मारे सामन्ती भनेर आज आफैँ सामन्त भएर बसेका छन् । श्रीमतीलाई सांसद बनाइ आफू मन्त्री हुन पाईन्छ भनेर । मेरो प्रश्न छ मेरो हजुरबुबालाई किन मारेको? ’ प्रसाईले प्रश्न गरे।