
काठमाडौं, ३० फागुन ठगी तथा जालसाझीको आरोपमा पक्राउ परेका अछापमा पृथ्वीबहादुर शाह जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले शाहलाई जेल चलान गर्न आदेश दिएको हो । ५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस २२ पक्राउ गरेर अनुसन्धान थालेको थियो।
यो प्रकरणमा अन्य १३ जना अझै फरार छन्। अदालतले शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई कारागारमा चलान गर्न आदेश दिएको हो।
मनिका तामाङ ५० हजार धरौटीमा रिहा भएकी छन्। शाहले अमेरिकामा ठगी गरी करौडौँ रकम नेपाल भित्र्याउने कोशिस गरेका थिए । शाहले अमेरिकाबाट नेपाल भित्र्याएका शंकास्पद २० करोड ४१ लाख नेपाली रुपैयाँ बैंकहरुले रोक्कासमेत गरेका छन् ।
उनले नक्कली कम्पनी खडा गरेर केही रकम नेपाल भित्र्याउन सफलसमेत भएका थिए ।















प्रतिक्रिया