३ कार्तिक २०८३, मंगलबार

आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ ।

यसअघि चैत १ गते सार्वजनिक विदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी आज फागुन ३० गते नै सार्वजनिक बिदा दिने निर्णय भएको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी अर्थात् होलीको अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायमा होरी सबैभन्दा महत्त्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो ।