१ कार्तिक २०८३, आइतबार

पहिरोमा परी उत्तरी ब्राजिलमा ८ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्राजिलिया, ३० फागुन । उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानौसको पूर्वी भागमा सोमबार बिहान पहिरोमा परी आठ जनाको मृत्यु भएको छ ।

चार बालबालिकासहित पीडितको शव विपद् स्थलबाट निकालिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साथै आमा र छोरीको अवशेष भग्नावशेषमुनि अँगालो हालेको अवस्थामा भेटिएको छ ।

पहिरोले नौ वटा घरमा क्षति पुर्‍याएको छ । अग्निनियन्त्रक र वरपरका बासिन्दाहरूले अझै केही मानिसजरू जीवित हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्र पारेका छन् । सिन्ह्वा