
काठमाडौं, २९ फागुन । नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेशन रहने भएको छ ।
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा बैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वर्ल्ड लिंकले साझेदारी गरेको हो ।
‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका बिषयमा राष्ट्रिय र अन्तराष्ट्रिय बक्क्ताहरुले आफनो प्रतिवेदन पेश गर्ने छन् ।
वर्ल्ड लिंकको कार्यालय जावलाखेलमा टाइटल स्पोन्सरका लागी आयोजित हस्ताक्षर कार्यक्रममा वर्ल्ड लिंककातर्फबाट सञ्चालक मनोज अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा वर्ल्ड लिंकका सञ्चालक मनोज अग्रवालले डिजिटल प्रविधिसहितको आर्थिक विकास नै समृद्धीको मुल आधार भएकाले उद्यमशीलता र ब्यावसायिक प्रवद्र्धनका लागि बिजनेस समिटमा साझेदारी गरेको जानकारी गराए ।
त्यसैगरी सम्मेलन मुल आयोजक कमिटीका संयोजक समेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको जानकारी गरए ।
शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम/व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको छ ।
शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कुटनितिक नियोग तथा अन्तराष्र्टि«य दातृ संस्थाका उच्च अधिकारीहरुको व्यापक सहभागितामा वृहत नीति संवाद आयोजना गरिने छ ।
त्यसैगरी शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरीे ‘आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र’ विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता समेत आयोजना भइरहेको छ । सिविफिन, एनबिआई र नेपाल पत्रकार महासंघसमेतको साझेदारीमा ४ लाख बरावरको फेलोसीप कार्यक्रम आयोजना गरिएको हो ।
उत्कृष्ट १५ वटा लेखहरुलाई र्याङ्किङका आधारमा नगद पुरस्कार र प्रसंशा पत्रबाट पुरस्कृत गरिने छ भने सफल उद्यमी/व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अर्वाडमार्फत सम्मान गरिने छ । सम्म्ेलनमा संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारी गरेका छन् ।















प्रतिक्रिया